आईतबार १४२ कोरोना संक्रमित थपिए

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ५६ पिसीआर परिक्षण गर्दा १ सय १६ जना र १ हजार ६ सय ९४ एन्टिजेन परिक्षणबाट गर्दा २६ जनागरी १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ३० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ९ लाख ८३ हजार ३ सय ३३ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २८ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि मृतकमा कोरोना संक्रमण पुष्टि भएको छैन। हालसम्म कोरोना संक्रमणबाट १२ हजार ७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

6 thoughts on “आईतबार १४२ कोरोना संक्रमित थपिए

टिप्पणीहरू are closed.