आईतवार १४३ जनामा कोरोना संक्रमण पुष्टिः ९ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ८० पिसीआर परिक्षण गर्दा १ सय ४१ जना र ३ सय ५३ एन्टिजेन परिक्षणबाट गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ सय ६३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १३ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ४८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।