शनिवार १३९ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ३४ पिसीआर परिक्षण गर्दा १ सय २८ जना र १ हजार ७ सय ९८ एन्टिजेन परिक्षणबाट गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ९६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९४ हजार ८ सय ३४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४४ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ३९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।