संखुवासभाका कोभिड प्रभावित समुदायलाई स्वास्थ्य तथा खाद्य सामग्री

मोहनकुमार राई/ संखुवासभा,
संखुवासभा, नेपाल पुर्ननिर्माण नेपाल (आरआरएन)को अगुवाइमा चैनपुर नगरपालिका स्थित पोखरीमा नगरपालिका भित्रका कोभिड प्रभावित, गरिव तथा न्युनआयस्तर भएका परिवारलाई स्वास्थ्य तथा खाद्य सामग्री वितरण गरिएको छ।
नेपालीहरुको महान चाड दिपावली नजिकएसँगै साप्लानिर भन्ने जापानीज संस्थाको सहयोगमा नगरपालिका भरीका पोखरी, चैनपुर र खराङ वितरण केन्द्र बनाएर वितरण गरिएको चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीले बताए। कोभिड प्रभावित भएर लामो समय सम्म आप्mनो आम्दानी गुमाएका, आम्दानीका स्रोत साधन नभएका गरिब परिवारलाई यस किसिमको सहयोग उपलब्ध गराइदिनुहुने संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई नगर प्रमुख खत्रीले धन्यवाद दिएका थिए।
कोभिड प्रभावित संकटासन्न परिवारलाई सानो सहयोग कोशेली स्वरुप प्रदान गर्न पाउँदा खुशी लागेको आआरएन कार्यकारी निर्देशक डा.अर्जुन कार्कीले वताए। उनले लामो समय देखि संखुवासभाको ग्रामिण क्षेत्रमा विभिन्न किसिमको सेवा पु¥याउदै आएको यो संस्थाले नेपालको दुर्गम स्थानहरुमा खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सहयोग पु¥याउदै आएको समेत बताए। चैनपुर नगरपालिका भित्रका सबै वडाका विपन्न प्रति परिवार २० केजीचामल, १ केजी नुन, १ केजी दाल, १ केजी तेल, १ केजी चिनी, १ डल्ला साबुन, सेनिटाइजर १ र माक्स १पाकेट वितरण गरिएको वडाध्यक्ष बलबहादुर अधिकारीले बताए। नगरपालिका भरीका ५ सय परिवारले यस किसिमको राहत प्राप्त गरेको थियो । जसमा नगरपालिकाको वडा नं.१मा ४० परिवार, वडा नं. २ मा ४५, ३नं.मा ४९, ४नं.मा४५, ५नं. मा ३५, वडा नं. ६ मा ५०, वडा नंंं ७मा ५१, वडा नंं ८मा ४५, वडा नं. ९ मा ४५, वाडा नं. १० मा ४५, वडा नंं ११ मा ५० घरपरिवारलाई उक्त खाद्यतथा स्वास्थ्य सामग्रीप्राप्त प्रदान गरिएको थियो ।
सहयोग वितरण कार्यक्रममा नेपाल पुर्ननिर्माण नेपालका कार्यकारी निर्देशक डा.अर्जुन कार्की, जापानी संस्थाका प्रतिनिधि कान्छुई र साप्लानीर, चैनपुर नगरपालिका उप प्रमुख मुनाश्रेष्ठ, वडाअध्यक्षहरु, सुरक्षाकर्मी, बुद्धिजिवी ज्ञानबहादुर कार्की समाजसेवी, लगायतको उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको थियो।