शुक्रवार १८३ जनामा कोरोना संक्रमण पुष्टिः २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ७ पिसीआर परिक्षण गर्दा १ सय ७४ जना र २ हजार ५ सय ३७ एन्टिजेन परिक्षणबाट गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ सय ४९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९४ हजार ४ सय ३८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ८ हजार ४ सय १३ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ३८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।