ज्ञान सुब्बाको “सुखमा पनि दुःखमा पनि” म्युजिक भिडीयो सार्वजनिक

(दिव्य रोशनी,धरान)/ हङकङमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत/ संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत “सुखमा पनि दुःखमा पनि” को म्युजिक भिडिओ सहित आफ्नो युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छन्।
गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ संगीतकार दिनेश सुब्बाको संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिस्टले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।


सन्तोष ढुंगाना र जयन्ति भित्रीकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्मा योञ्जनको रहेको छ।

म्युजिक भिडियो लिंक :