बुधवार ४४७ जनामा कोरोना संक्रमण पुष्टिः ७ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ पिसीआर परिक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३ सय ३६ एन्टिजेन परिक्षणबाट गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ३९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ३४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।