संखुवासभामा आर्थिक रुपमा सम्पन्न बनाउन अथाह स्रोत साधन छः अर्थ मन्त्री शर्मा

मोहनकुमार राई / संखुवासभा,
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्ने आर्थिक स्रोत÷साधन संखुवासभामा रहेको बताएका छन्।
जिल्लाको खाँदवारी नगपालिका ९ स्थित तुम्लिङटार विमानस्थल नजिकै रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्ययालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो वताएका हुन्। उनले जलविद्युत, वनस्पती, पर्यटन लगायत विविध स्रोत/साधनले सम्पन्न पूर्वी पहाडी जिल्लाहरु मध्ये संखुवासभामा अथाह स्रोत/साधन भएको बताए ।
मन्त्री शर्माले हामी सँगभएको स्रोत/साधानलाई रम्ररी परिचालन गर्न सके नेपालीहरु चाडै सक्षम बन्न सक्ने वताए। उनले भने “हामी नेपालीहरु गरिब छैनौ, हामीसँगअथाह स्रोत/साधान छ । यही जिल्लामा जलविद्युतको थुपै्र सम्भावना छ।” उनले सरकारले एक हजार मेघावाट भन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत आयोजना निर्माण गर्न सरकारी कम्पनीहरुलाई जिम्मा दिएको बताउदै यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिने वताए।
सोहीक्रममा मन्त्रि शर्माले जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत, परियोजना लगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ प¥याउने समेत बताए। उनले फरक प्रसङ्मा सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द ्रशम्शेर जबराका बारेमा गठबन्धनको सरकारको बैठक बस्न बाकी रहेकाले सरकारले यस्तै गर्ने भन्ने धारणा बनाइ नसकेको समेत बताए।
अर्थ मन्त्रीशर्माले संखुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिकदल, जनप्रतिनिधि, उद्योग व्यवसायी लगायतसँग भेटघाट तथा छलफल गरेका छन्।