यमपञ्चक शुरुः आज एकै दिन काग र कुकुर तिहार मनाइँदै

(दिव्य रोशनी)/ हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो र महत्वपूर्ण चाड तिहार हो। आजदेखी यमपञ्चक शुरु भएको छ। पाँचदिन सम्म मनाईने तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क चर्तुदशी पनि परेको छ।
आजकै दिन त्रयोदशी र चर्तुदशीको तिथी परेकाले बिसं २०७८ को तिहारमा काग र कुकुर तिहार आज एकैदिन परेको हो।
आज बिहान कागको पुजा गरेपछि ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।