प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई

प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलवार संविधानको धारा १६८ को उपधारा २ वमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेका नेता भीम आचार्यले बहुमत जुटाउन नसक्ने अवस्था आएपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनअघि नै सोमबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।मुख्यमन्त्रीमा नियुक्त भएका राई भोजपुरबाट प्रदेशसभामा निवार्चित सांसद हुन्।
मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी”ले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो (आर्थिक मामिला मन्त्री) जसपाका नेता जयराम यादव (सामाजिक विकास मन्त्री), कांग्रेस नेता हिमाल कार्की (भौतिक पूर्वाधार विकास मन्त्री), कांग्रेसकै केदार कार्की (आन्तरिक मामिला मन्त्री) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे (सामाजिक विकास राज्यमन्त्री) ले पद तथा गोपनीयताको शपथ गराएका छन्।