यमाहाको एफजेड भि थ्री एक्स कनेक्ट धरानमा

(दिव्य रोशनी)/ यमाहा मोटरसाईकलका लागी धरानका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले यमाहाको भि थ्री एक्स कनेक्ट मोडल धरान बजारमा ल्याएको छ।
आज एक समारोहका बिच सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले सो मोटर साईकलको उद्धघाटन गरेका हुन्। कार्यक्रममा विजयपुर ट्रेडर्सका प्रेप्राईटर प्रभाव खतिवडाले बाईक प्रेमी युवा पुस्ताहरुले सर्वाधिक मनपराएको बाईक यमाहाले यसपटक डिजिटलाईज र गतिशिल पुस्तालाई यसको सुविधाहरुद्धारा अझ धेरै लाभान्वित पुर्याउने उदेश्यले एफ जेड एस भि थ्री एक्स कनेक्ट बाईक बजारमा ल्याएको बताए। उनले यस बाईकको सबैभन्दा ठुलो सुविधा भनेको यसमा जडित ब्लु टुथ रहेको समेत जनाए। जस मार्फत गुगल प्ले स्टोर र आई ओ एसमा पाईने यामाहा मोटर साईकल कनेक्ट एक्स निःशुल्क डाउनलोडगरी चालकले यो बाईकको मोडका विविध जीवन सुलभ बनाउने सुविधा लिन सक्नेछन्। यस बाईकमा रहेको ब्लुटुथ प्रविधिको पहिलो सुविधा एन्सर ब्याकरहेको छ। यो सुविधाद्धारा बाईकको ईन्डिकेटर झिमिक झिमिक बल्न थाल्नेछ र हर्न बज्न थाल्नेछ। जसले गर्दा चालकले आफ्नो साधन कहा राखिएको छ भनेर थाहा पाउने छन्। यसैगरी यस बाईकमा ई लकको व्यावस्था रहेकोले कसैले चाबी पाएर चोरी गर्न लाग्दापनि बाईक स्टार्ट हुने छैन। बाईक स्टार्ट गर्न गोप्य अनलक प्याट्रन थिच्नुपर्ने हुन्छ। जसले गर्दा बाईक चोरी हुनबाट बच्न सकिने छ। यसैगरी बाईकको अर्को सुविधा भनेको लोकेट माई बाईक व्लुटुथ हो। यो फिचरमा मोवाईलमा एपमा क्लिक गरेमा बाईकको ईण्डिकेटर १० सेकेण्ड सम्म लगातार बल्नेछ र आफ्नो मोटरसाईकल सजिलै चिन्न सकिने छ। यसैगरी यस बाईकमा राईडिङ हिस्ट्रिले आफुले गरेको हरेक यात्राको विवरण अभिलेख राख्ने गर्दछ।
यसैगरी आकस्मिक अवस्थाका बेला सडकमा रहेका अन्य सहयात्रीहरुलाई सर्तक रहन हजार्ड बटन दवाएपछि सबै ईण्डिकेटरहरु लगातार एकसाथ बल्ने सुविधा समेत जडान गरिएको छ। यस बाईक रातो, नीलो, हरियो र कालो रंगमा उपलब्ध रहेको छ। जसमा रातो, निलो र हरियो बाईकको बजार मुल्य ३ लाख ७९ हजार ९ सय रहेको छभने कालो रंगको बाईकको बजार मुल्य ३ लाख ८४ हजार ९ सय रहेको प्रोप्राईटर खतिवडाले बताए।