सोमवार ५३३ जनामा कोरोना संक्रमण पुष्टिः ९ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ पिसीआर परिक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९३ एन्टिजेन परिक्षणबाट गर्दा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ९० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९२ हजार २ सय ७७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय १६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।