गोपाल मन्दिर व्यवस्थापन समितीको अध्यक्षमा पूर्णमाया राई

दिव्य रोशनी (धरान)/ धरान १४ स्थित गोपाल मन्दिर व्यवस्थापन समितीको पहिलो अधिवेशनले पूर्णमाया राईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन गरेको छ। जसमा समितीको उपाध्यक्षमा सरोज ढुङ्गेल, सचिवमा धर्मराज निरौला सह–सचिवमा कुन्तल खनाल र कोषाध्यक्षमा शुभ राई रहेका छन्। यसैगरी सदस्यहरुमा क्रमशः रत्नमणि राई, कमल प्रसाद भट्टराई, प्रेम क्ुमारी लिम्बु, राजेश राई, अरुणा पोख्रेल, सुमित्रा राई, उद्धव प्रसाद अधिकारी र लिला ढुङ्गेल रहेका छन्। यस समितीको कार्यकाल ३ वर्षे रहेको छ।
आईतवार धरान १४ स्थित दन्तकाली मन्दिर परिसरमा भएको अधिवेशनमा प्रमुख अतिथी १४ न.ं वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले हिजोको समयमा धर्मको आचरण भएपनि अहिले धर्मको आडम्बरमा राजनीति हुन थालेकाले गोपाल मन्दिर पनि विवादमा आएको बताए। प्रमुख अतिथी भट्टराईले जति विवाद आएपनि त्यो मन्दिर गोपाल मन्दिर नै भएको बताउँदै गोपाल मन्दिर १४ न.ं वडामा रहेकाले यसको जगेर्ना र संरक्षण गर्न सबैभन्दा पहिला वडावासी नै जाग्नुपर्ने बताए।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी वयोवद्ध गोविन्द तिम्सिनाले मन्दिरको संरक्षण गर्न सबैको दायित्व भएको बताए। कार्यक्रम अध्यक्ष पिंगला न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।
धरान १४ मा ४ कठ्ठा १८ धुर जग्गामा रहेको गोपाल मन्दिर २०५२ सालमा दर्ता भएको अध्यक्ष पूर्णमाया राईले बताईन्। साथै उनले गोपाल मन्दिरको विवाद अझैपनि सर्वोच्चमा विचाराधिन रहेकाले कुनैपनि हालतमा व्यक्ति तथा अन्य संस्थाको नाममा पर्न नदिने बताईन्। उनले गोपाल मन्दिरको सम्पत्तिमा केही व्यक्ति तथा संस्थाहरुले कुदृष्टि लगाएको कारण मन्दिरलाई विवादमा तानेको बताईन्।
कार्यक्रममा गोपाल मन्दिरका लागि देविका मुखियाले १ हजार लिटरको पानि टंकी प्रदान गरेकी थिईन्भने सानु राईले नगद १० हजार र प्रेम कुमारी (वन्दना) लिम्बुले नगद ४ हजार १ सय ५ रुपैयाँ कोषका लागि सहयोग प्रदान गरेका थिए। गोपाल मन्दिरलाई केही व्यक्ति संस्थाहरुले बाल गोपाल मन्दिरको रुपमा अर्कै समिती खडागरेपछि हाल सो मन्दिर विवादमा रहेको छ।