जाल्पादेवी कृषि सहकारी संस्था लि.को ९ औ साधारण सभा सम्पन्न

मोहनकुमार राई
(संखुवासभा) /
चैनपुर नगरपालिका वडा नंं ६ स्थित जालापादेवी सहकारी संस्थाको ९ औ साधारण सभा सम्पन्न भएको छ ।
कृषि र किसानको लागि सहजीकरण गदै आइरहेको संस्थाले शनिवार ९ औं साधरणसभा सम्पन्न भएको हो। कार्यक्रममा सभापति एवं संस्थाका अध्यक्ष बद्री विक्रम डाँगीले गर्त आर्थिक वर्षमा भएगरीएको संस्थाको गतिविधिको वारेमा वताएका थिए। संस्थाले शेयर तथा बचत संकलन, राशायनिक मल,खाद्यबाली तथा तरकारीहरुको विउ संकलन तथा वितरण , जै घासको विउ संकलन, किसानलाई तालिमको व्यवस्था, एवं परामर्श , लगात विउविजन आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र संखुवासभाको ९ लाखअनुदान सहित ११ लाख७५ हजार ७ सय को लगानीमा विउ विजन गोदमघर निर्माण भएको समेत अध्यक्ष डाँगीले बताए । यसै गरी चैनपुर नगरपालिका वडा नंं ६ को ८० हजार बराबरको अनुदान रकमबाट कम्प्युटर तथा फोटोकपी मेशीनखरिद गरिएको अध्यक्ष डाँगीले वताए।
चैनपुर नगरपालिका वडा नंं ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाको लेखा समिति संयोजक बालिका चुहानले लेखा प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा १ लाख २६ हजार १ सय २५ रुपैया नाफामा रहेको संस्थाको ७१ लाख २ हजार २५ बराबरको आय तथा व्याय विवरण प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदनमा संस्थाको हाल ५४ लाख ९३ हजार ४ सय ५९ रुपैया बराबरको सम्पत्ती एवं पूँजी तथा दायीत्व रहेको समेत लेखा समिति संयोजक चुहानले बताए।
४३ जना महिला र ७८ जना पुरुष गरी जम्मा १ सय २१ जना शेयर सदस्य रहेको यस संस्थाको साधारण सभाले ९ सदस्यिय नयाँकार्यसमिति चयन गरेको थियो । नया कार्य समितिको अध्यक्षमा पुनबद्रीविक्रम डाँगी सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्षमा जस बहादुर राई, सचिवमा बालिका चुहान, कोषाध्यक्षमा रञ्जना राई र सदस्यहरुमा नारायण खत्री, गंगा शर्मा पौडेल, युवा कुमारी श्रेष्ठ, शंकर श्रेष्ठ रहेका छन्।