आईतवार ४०८ जनामा कोरोना संक्रमण पुष्टिः ८ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ३१ पिसीआर परिक्षण गर्दा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परिक्षणबाट गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ सय १८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय ७६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।