धरान गल्फ क्लबको अध्यक्षमा विरेन्द्र

(दिव्य रोशनी,धरान) / धरान गल्फ क्लबको अध्यक्षमा विरेन्द्र विक्रम लिम्बु चयन भएका छन्।
शनिबार धरान गल्फ क्लबको सभाहलमा आयोजित १४ औं साधारणसभा तथा अधिवेशनले विरेन्द्र बिक्रम लिम्बुको अध्यक्षतामा ११ सदस्यि कार्यसमिती चुनेको हो। जसमा समितीको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षमा शुशीला राई निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा जंगमोहन राई, बम प्रसाद लिम्बु, शुभध्वज लिम्बु, तुलशीराम आङ्देम्बे, झुना राई र शुक्र बहादुर राई मनोनित भएका छन् ।
कार्यक्रम नेपाल गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष एवं धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथी मेयर राईले प्रदेश नं. १ को एकमात्र गल्फ कोर्ष धरानमा रहेको बताउँदै यसको संरक्षण गर्न एकजुट भएर लाग्नुपर्ने बताए।
साधारसभामा धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राईले आर्थिक आय व्यय प्रस्तुत गरेका थिए।