शनिवार ३७२ जनामा कोरोना संक्रमण पुष्टिः ११ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय १६ पिसीआर परिक्षण गर्दा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टिजेन परिक्षणबाट गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ९ सय ११ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ३ सय ९९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।