विहिवार ५९१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ पिसीआर परिक्षण गर्दा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टिजेन परिक्षणबाट गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ सय ६४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ३ सय ८२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।