उपमेयर कपका लागि धरानका महिला खेलाडीहरु काठमाडौं प्रस्थान

(दिव्य रोशनी,धरान) / उपमेयर कप फुटबल प्रतियोगिताको लागि धरान उपमहानगरपालिकाको महिला खेलाडीहरु काठमाडौं प्रस्थान गरेका छन्।
ललितपुरको सातबाटो स्थित एन्फा ट्रेनिङ सेन्टरमा सञ्चालन भईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको लागि उपमहानगरपालिकाको महिला खेलाडीहरु मङ्गलबार काठमाडौं प्रस्थान गरेका हुन् ।
उपमहानगरपालिका परिषरमा आयोजित खेलाडी विदाई कार्यक्रममा मेयर तिलक राई, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, शिक्षा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वालले खेलाडीहरुलाई फुलमाला लगाएर विदाई गरेका थिए । धरानबाट प्रतिनिधत्व गर्ने महिला खेलाडीहरुमा जिनु राई, सुस्मिता राई, आयुशा राई, समिक्षा मगर, प्रतिक्षा राई, सुमित्रा मगर, अन्जु प्रधान, टेरेसा मगर, सुमिना मगर, आयुना लिम्बु, आशिका बोहोरा, कोपिला लिम्बु, बबिता विश्वकर्मा, रमिला राई, ओङ्बुहाङमा सुबरा राई, सिमा कुमारी आले, तान्छु लिम्बु, अमिक्षा राई, आरति खवास, सुस्मिता लिम्बु रहेका छन् ।
यस्तै, महिला खेलाडीहरुको साथमा उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राई, नगर खेलकुद विकास समितिका सदस्य सतिश केशि, महिला फुटबल प्रशिक्षक भगवती राना मगर र डिल्लीराम श्रेष्ठ पनि काठमाण्डौ गएका छन् । मेयर राईले खेलाडीहरुलाई जितको शुभकामना दिदै ईतिहासमै पहिलोपटक धरान उपमहानगरपालिकाको नेतृत्व गरेर महिला खेलाडीहरु फुटबल प्रतियोगिता सहभागि भएकोले अग्रिम विजयीको लागी शुभकामना दिए।
प्रतियोगितामा धरानले कार्तिक ११ गते विहीबार दिउँसो ३ बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने कार्तिक १५ गते दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ।