बुधवार ६७२ जनामा कोरोना संक्रमण पुष्टिः ८ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ६७ पिसीआर परिक्षण गर्दा ५ सय ८२ जना र २ हजार २३ सय २८ एन्टिजेन परिक्षणबाट गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ९५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ८१ हजार १ सय २५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १० हजार २३ सय ७५ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ३ सय ८० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।