मंगलवार ६६६ जनामा कोरोना संक्रमण पुष्टिः ११ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ पिसीआर परिक्षण गर्दा सय ६९ जना र २ हजार २ सय ४९ एन्टिजेन परिक्षणबाट गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ जना २२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ३ सय ७२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।