सोमवार ७७६ जनामा कोरोना संक्रमण पुष्टिः १३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ पिसीआर परिक्षण गर्दा ६ सय ७३ जना र २ हजार ५ सय ८० एन्टिजेन परिक्षणबाट गर्दा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ जना १ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ३ सय ६१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।