शुक्रबार २०६ कोरोना संक्रमित थपिएः ३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २०६ जना कोरोना संक्रमित थपिएका छन्भने ३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ९५ पिसीआर परिक्षण गर्दा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परिक्षणबाट गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ९८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ९ लाख ८२ हजार ७ सय ६४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ९१ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट १२ हजार ५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।