मंगलवार थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ७० हजार ९ सय ५३ र एन्टिजेन परिक्षणबाट ५० हजार ६ सय ६४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ हजार ५ सय ९५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार ६ सय ७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।