धरानमा ३९ औं वीपी स्मृति दिवस मनाईने

दिव्य रोशनी(धरान)/ धरानमा विभिन्न कार्यक्रम गरेर ३९ औं वीपी स्मृति दिवस मनाईने भएको छ ।
भोली (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम वीपी स्मृति दिवस मनाईने भएको हो। नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औं वीपी स्मृति दिवसको अबसरमा बुधवारधरान १३ स्थित वीपी पार्कमा बिहान ८ बजे वीपीको शालिकमा माल्यार्पण गरिने र दिउँसो २ बजे धरान २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिने भएको छ।