प्रधानमन्त्री देउवाले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाएकी हुन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेपछि राष्ट्रपति भण्डारीले आज मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।
प्रधानमन्त्रि देउवाद्धारा मन्त्रिपरिषद बिस्तारः
नवनियुक्त प्रधानमन्त्रि देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो कांग्रेसबाट २–२ जना मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्री नियुक्ती गरेका छन्।