ईटालीले जित्यो युरोकप २०२० को उपाधी

इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनल खेलमा इटलीले इंगल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधी जितेको हो।
लण्डनस्थित बेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट गरिएको थियोे । खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो ।
खेलको दोस्रो हाफमा ईटालीका लियोनार्दी बोनुचीले ६७औं मिनेटमा गोलगरी खेल १–१को बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दी बोनुची र फेडेरिको बर्नाडेसी गोल गरेभने आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाएका थिए।
यसैगरी इंगल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरेका थिएभने जाडोन सान्चो र बुकायो शाकाको प्रहार इटलीका गोलकिपर डोनारुम्बाले बचाए। मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्किएको थियो।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो ।
यता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंगल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर उपविजेता मै सिमीत हुन पुग्यो।
युरोकपमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा उत्कृष्ट खेलाडी बनेका छन्भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता र स्पेनका पेड्री उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।