२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधी

२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुमेको छ ।
रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुमेको हो।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको थियो।
सन् १९९३ मा अर्जेन्टिनाले मेक्सिकोलाई हराउँदै कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो।